आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एसीसी प्रिमियम कप सेमिफाइनल : नेपाल कुवेतसँग तथा युएई ओमानसँग भिड्दै

काठमाडौँ । एसीसी प्रिमियम लिगको आज सेमिफाइनल खेल हुदैँछन । 

त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपालले आज हुने सेमिफाइनल खेलमा कुवेतसँग भिड्ने छ भने मुलपानी मैदानमा युएई र ओमान आमुने सामुने हुनेछन् ।  

नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अङ्क बाँड्दै ७ अङ्कका साथ समूह ‘ए’बाट विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बी का उपविजेता कुवेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भिड्न आइपुगेको हो । 

कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अङ्कका साथ नेट रन रेटबाट सेमिफाइनल पक्का गरेको हो । 

यसैगरी, मुलपानी मैदानमा हुने अर्को सेमिफाइनल खेलमा समूह ए को उपविजेता ओमान र समूह बी को विजेता युएई आमुने सामुने हुनेछन्  । 

युएई ४ खेलमा ३ जित र १ हारसहित ६ अङ्कका साथ समूह  ‘बि’ बाट विजेता टोली बनेर सेमिफाइनलमा पुगेको हो भने ओमान ४ खेलमा ३ मा जित र १ हारका साथ ६ अङ्कका साथ समूह ‘ए’बाट दोस्रो स्थानमा रहेको टोली हो । 

दुवै सेमिफाइनल खेल ९ बजेबाट सुरु हुनेछ । जारी प्रतियोगिता विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछन्  ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ७ : २६ बजे