काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले विभिन्न माग राखेर आन्दोलन सुरु गरेका छन् ।
कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरूलाई हतोत्साह गर्न नहुने, जस्ता माग राखेर पुनले आज र माइतीघर मण्डलामा प्रदर्शन गर्नुभएको हो । उहाँलाई युवाहरूले साथ दिएका छन् ।
बिहीबार नै सामाजिक सञ्जालमा आन्दोलनका नारा सार्वजनिक गर्नुभएका पुनले आज आफ्ना समर्थकसहित प्लेकार्ड बोकेर प्रदर्शन गर्नुभएको हो।
अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको उहाँको आरोप छ । नवप्रवर्तन अनुसन्धान र आविष्कार कोष खडा गर्नुपर्ने माग गर्नुभएका पुनले यसअघि प्रधानमन्त्रीसहितको ध्यानाकर्षण गराउनुभएको थियो।
प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार ११ : ४२ बजे
प्रतिक्रिया