दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बहु प्राविधिक विद्यालय उद्घाटन गर्न एमाले अध्यक्ष ओली आज जन्मस्थान आठराई जानुहुँदै

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो जन्मस्थान तेह्रथुमको आठराईमा निर्माण भएको बहु प्राविधिक शिक्षालयको उद्घाटन गर्न त्यसतर्फ जाँदै हुनुहुन्छ । 

उक्त कार्यक्रममा जानका लागि अध्यक्ष ओली बिहीबार नै फिदिम पुग्नुभएको छ । आज मध्य पहाडी लोक मार्ग हुँदै अध्यक्ष ओली आठराई जाने कार्यक्रम छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का उपाध्यक्ष खगेन्द्र अधिकारीका अनुसार तीन वर्षदेखि यहाँ तेस्रो बाली विज्ञान र पशु विज्ञानको तीन वर्षे डिप्लोमा कार्यक्रम सञ्चालन भइरहेको छ । 

आफू प्रधानमन्त्री हुनुभएका बेला अध्यक्ष ओलीले यो भवन भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको थियो । साढे ५ करोड रुपैयाँ लागतमा निर्माण भएको उक्त दुई तले भवन आज उद्घाटन हुदैछ । अर्को भवन डेढ करोड रुपैयाँ लागतमा निर्माणाधीन अवस्थामा छ ।

प्राविधिक विद्यालय सञ्चालनका लागि अध्यक्ष ओलीले आफ्नै पैतृक सम्पत्तिको रूपमा रहेको १ सय रोपनी जमिन उपलब्ध गराउनुभएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  १० : १४ बजे