साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सुदूरपश्चिम विश्वविद्यालयमा आजदेखि तीन दिने फिल्म फेस्टिभल

दोधारा चाँदनी । आजदेखि सुदूरपश्चिम विश्वविद्यालयमा फिल्म फेस्टिभल हुने भएको छ । 

नेपाल युरोपियन फिल्म फेस्टिभल, २०२३ को १२औँ संस्करणअन्तर्गत पहिलो चरणमा सुदूरपश्चिम विश्वविद्यालयमा हुन लागेको हो । 

नेपालस्थित द डेलिगेसन अफ युरोपियन युनियन नेपालले पत्रकार सम्मेलनमार्फत आजदेखि तीन दिनसम्म महोत्सव हुन लागेको जानकारी दिएको हो ।

नेपाल युरोपियनका उपराजदूत डा.जोलीले फिल्म महोत्सवमा युरोपका आठ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघु फिल्म प्रदर्शन गरिने बताउनुभयो । “महोत्सवमा मानवअधिकार प्रवर्द्धनमा फिल्मको भूमिका चलचित्रलाई कसरी बुझ्ने शीर्षकमा अन्तरक्रियात्मक छलफल हुनेछ”, डा जोलीले भन्नुभयो, “यसको उद्देश्य आम मानिसमा उनीहरूको अधिकारका बारेमा सचेतना अभिवृद्धि गर्ने रहेको छ ।” उहाँले महोत्सवमा निःशुल्क सहभागी जोसुकैले हेर्न पाउने बताउनुभयो ।

सुदूरपश्चिम विश्वविद्यालय कानुन सङ्कायका डीन कर्ण थापाले मानवअधिकारसँग चलचित्र भएकाले विश्वविद्यालयले सहकार्य गरेको बताउनुभयो । “विश्वविद्यालयले सहकार्य गरेर यस्ता कार्यक्रम गरिनै राखेको हुन्छ”, उहाँले भन्नुभयो, “हामीले विश्वविद्यालयमा पढाउने कुरा पनि यही नै भएकाले सहकार्य गरेर महोत्सव आयोजना गर्न लागेका हौँ ।”

उहाँले महोत्सवमा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी सहभागी हुने बताउनुभयो । महोत्सवमा एनी डे नाउ, अरसटी रिहानीले निर्देशन गरेको अस्कर एन्ड लिली (अष्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेको रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेको इयो स्टबने(लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाभी सन्जभीले निर्देशन गरेको इमादज चाइल्डहुड (स्वीडेन, लाटभिया, इराक), इग्नस जोनसको निर्देशन रहेको इनभिजिवल (लिथुअनिया, लाटभिया, युक्रेन, स्पेन), डेभिड फ्रेनको निर्देशन रहेको डेटिङ अम्बर (आयरल्यान्ड, युके) र डेभिड फ्रेनले निर्देशन गरेको मित्र (नेदरल्यान्डस्) प्रदर्शन हुनेछन् । 

महोत्सवमा टोनी ह्यागेन फाउन्डेसनको आर्थिक सहायतामा निर्माण भएका नेपाली फिल्म पनि प्रदर्शन गरिनेछन् ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ७ : ३१ बजे