आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एसिसी प्रिमियर कप : नेपालले गुमायो दुई विकेट

काठमाडौँ । एसिसी प्रिमियर कपमा कतारविरुद्ध सुरुवातमै नेपालले दुई विकेट गुमाएको छ । 

त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४ ओभरमा २ विकेट गुमाएको हो । 

नेपालले ओपनर कुशल भुर्तेललाई दुई रनमै गुमाएको थियो भने भीम सार्की ६ रनमा विकेटकिपर इमाल लियानागेबाट क्याच आउट भएका हुन ।

नेपालका रोहित पौडेल र आसिफ शेख क्रिजमा छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  १० : १९ बजे