ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु, दुई घाइते 

​​​​​​फुङ्लिङ । ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । 

गए राति असिना पानीसँगै परेको चट्याङ लागेर  मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो ।

चट्याङ लागेर  दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन् । घाइते दुवै जनाको जिल्ला अस्पतालको उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ९ : २६ बजे