आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एसीसी प्रिमियर कप : कतार विरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ए अन्तर्गतको अन्तिम खेलमा नेपालले टस हारेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको टसमा कतारका कप्तान मोहम्मद रिजलानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका छन् । यससँगै नेपालले अब पहिले ब्याटिङ गर्ने भएको छ । 

नेपालले कतारलाई पराजित गर्दै समूहको विजेता बन्न चाहन्छ । नेपालले यसअघि खेलेको तीन खेलमा दुईमा जित र एकमा अङ्क बाँड्दै पाँच अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ । 

नेपालले पहिलो खेलमा मलेसियालाई छ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । त्यस्तै नेपालले साउदी अरेबियासँग वर्षाको कारण अङ्क बाँडेको थियो । 

आजको खेलमा जित हासिल गरे नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल खेल्नेछ । कतार तीनै खेलमा जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिइसकेको छ । कतारको भने यस खेल प्रतिष्ठाको लागि मात्र हुनेछ । 

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ९ : १८ बजे