लुम्बिनी प्रदेशमा नयाँ सरकारका लागि आज दाबी पेस गरिने 

दाङ । लुम्बिनी प्रदेशमा नयाँ सरकारका लागि आज दाबी पेस गरिने भएको छ।

सोमबार मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन नसकेपछि रिक्त हुन पुगेको लुम्बिनी सरकारको नेतृत्वका लागि आज दाबी पेस गरिन लागिएको हो। 

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षरसहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न २०८० वैशाख १४ गते बिहीबार ४ बजेभित्र दाबी पेस गर्न आह्वान गर्नुभएअनुसार आज राजनीतिक दलहरूले दाबी पेस गर्न लागेका हुन् ।

प्रदेश प्रमुख शेरचनले मङ्गलवार एक सूचना जारी गरेर दाबी पेस गर्न दलहरूलाई आव्हान गर्नुभएको थियो।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ७ : ०९ बजे