साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कलाकार रियासा दाहालले गर्दैछिन् भिक्टर पौडेल ‘रुटिने’सँग विवाह

काठमाडौं : लोकप्रिय कलाकार तथा मोडल रियासा दाहाल वैवाहिक वन्धनमा बाँधिने भएकी छिन्। उनी चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’का संचालक भिक्टर पौडेलसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यि दुईले आगामी वैशाख २० गते विवाह गर्न लागेको बताइएको छ।

त्यसो त, आइतबार नै यि दुईको विवाहको कार्ड सामाजिक संजालमा निकै भाइरल भएको थियो। लामो समयदेखि प्रेम सम्बन्धमा रहेपनि यी दुईले आफ्नो सम्बन्धलाई गुपचुप नै राखेका थिए। यद्यपि विभिन्न मिडियामा भने यिनीहरूको प्रेम चर्चाको गसिप समाचार भने चाहिँ बेलाबेला आइरहेका थिए।

उनीहरूले विवाहपछि भक्तपुरको एक पार्टी प्यालेसमा रात्रिभोज आयोजना गरेका छन् ।भक्तपुरको सूर्यविनायक निवासी रियाशा र गोलढुंगा निवासी भिक्टर करिब तीन वर्षदेखि गुपचुप प्रेममा थिए ।

रियासा र भिक्टर विवाह बन्धनमा बाँधिन लागेको खबर बाहिरिएपछि उनीहरूका लाखौं शुभचिन्तकहरुले सामाजिक संजालमा बधाईको ओइरो दिइरहेका छन्। यि दुई जोडी एक हुन लागेको खबरले उनका अधिकांश फ्यानहरु हर्षित छन् यतिबेला।

‘आजकाल’को लभ सिरिजबाट चर्चामा आएकी रियासा म्युजिक भिडियोको लागि डिमान्डेड मोडल पनि हुन्। दर्जनौं म्युजिक भिडियोमा उनले काम गरिसकेकी छिन्। ‘ए है माया, कुरा काट्ने मान्छेले काटुन, तिमी बाहेक मेरो, लाइदिमकी मोहनी, डाँफे चरी, फिक्का चिया, माया हो, झुम्का झलक्कै’ लगायतका दर्जनौं म्युजिक भिडियो रियासाका लोकप्रिय भिडियो अन्तर्गत पर्छन्।

विशेषगरी दर्शकहरुको नजरमा भने उनी त्यही ‘आजकालको लभ’ सिरिजबाट नजरमा परेकी हुन्। अब्बल अभिनय गर्न सक्ने खुबी भएकै कारणले उनले अभिनय गरेका सिरिज हुन् या म्युजिक भिडियो दर्शकहरूले औधी रुचाउँछन्।

तर पछिल्लो समय भने रियासा टेलिसिरियल ‘गाह्रो छ हो’मै व्यस्त छिन्। बेगम नेपाली भटभटे माइलासँग मिलेर रियासाले यो सिरियलमा काम गर्दै आइरहेकी छिन्। यो सिरियलमा पनि उनलाई धेरैले रुचाउँछन्।

यता, भिक्टर पौडेल भने पछिल्लो समय ‘रुटिने’ उपनामले बढी चिनिन्छन्। उनले ‘रुटिन अफ नेपाल बन्द’ नामक फेसबुक चलाएको धेरै भयो। करिब ३६ लाख बढी फ्लोर्स भएको यो पेज युवापुस्ता माझ निकै लोकप्रिय छ। विभिन्न सुचना एवम् समाचारहरु यो पेज मार्फत अपडेट हुने गर्छन् र अपडेट भएका सुचनाहरु क्षणभरमै हजारौं पाठकमाझ पुग्नेगर्छन्। जसले गर्दा अधिकांश पाठकलाई सहज भएको छ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ५ : ४७ बजे