मनमोहन अधिकारीको २४औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । मनमोहन अधिकारीको २४औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 

मनमोहन स्मृति प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गरेको छ । 

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका नेता मनमोहन अधिकारीको नेतृत्वमा एमालेले वि.सं. २०५१ मा नौ महिना सरकार चलाएको थियो । अधिकारी प्रधानमन्त्री बन्नुभएका बेला ‘आफ्नो गाउँ आफैँ बनाऔँ’देखि सामाजिक सुरक्षा भत्ता, गाउँ गाउँमा सहकारी, महिला र पुरुषका नाममा संयुक्त रजिस्टे«सन पासलगायत लोकप्रिय कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।

अधिकारी दक्षिण एसियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुनुहुन्थ्यो ।

नेपालका सर्वाधिक लोकप्रिय प्रधानमन्त्री मनमोहन अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचार प्रसारका क्रममा काठमाडौँको गोठाटारमा हृदयाघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ८ : ५६ बजे