सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनवाइ हुँदै

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ हुदैँछ ।

नाबालिका माथि बलात्कारको आरोप लागेका लामिछानेको मुद्दाको सुनवाइ काठमाडौँ जिल्ला अदालतमा हुन लागेको हो ।  

चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्दालाई आज पेशीमा राखेको हो । 

गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि आजका लागि पेशी तोकिएको हो ।

सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसला दिन सकिरहेको छैन ।

 

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ८ : ५० बजे