चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै

चितवन। चितवन–२ को मतगणना सुरु गराउनका लागि सर्वदलीय बैठक बोलाइएको छ ।

आचारसंहिता उलङ्घनको विषयलाई लिएर नेपाली काँग्रेसले पहिला कारबाहीको अडान लिएपछि आइतबारदेखि नै सुरु हुने पर्ने मतगणना हुन सकेको थिएन । 

आज सर्वदलीय बैठक बोलाइएर सहमति खोजेर मतगणना सुरु गर्न लागिएको हो । निर्वाचन आयोग, चितवन कार्यालयले बैठक ८ बजे सर्वदलीय बैठक बोलाइएको छ ।

सोही बैठकमा सहमति खोजेर मतगणना सुरु गरिने निर्वाचन अधिकृत ईश्वर आचार्यले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा चितवनका जिल्ला प्रमुख अधिकारी (प्रजिअ)ले निर्वाचन आचारसंहिता उलङ्घन गरेको भन्दै आइतबार काँग्रेसले उजुरी गरेको थियो ।  सो उजुरीको सम्बोधन नभएसम्म मतगणनामा सहभागी हुन नसक्ने अडान काँग्रेसले लिएपछि आइतबार नै हुनुपर्ने मतगणना अझै सुरु हुन नसकेको हो । 

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ७ : २७ बजे