९ वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा २१ वर्षीय एक पुरुष पक्राउ

दाङ । दाङमा ९ वर्षीया एक बालिकालाई बलात्कार गरेकाे आराेपमा २१ वर्षीय एक युवकलाई पक्राउ गरिएकाे छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१ बाहुनटाढी बस्ने राम नेपाली हुन्  । 

प्रहरीका अनुसार बालिकालाई ललाई फकाई गरि सोही ठाउँको खरबारीमा लगेर रामले जबरजस्ती करणी गरेको हो । रामलाई जिल्ला प्रहरी कार्याल दाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो  ।  

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  २ : ०५ बजे