साफ यू–१७ च्याम्पियनसिप आजदेखि

” हेर यो मेरो मुटुमा ” गीतको भिडियो सार्वजनिक

काठमाडौँ – " हेर यो मेरो मुटुमा " गीतको भिडियो सार्वजनिक भएको छ ।

नेपालको चर्चित रियालिटी शो 'द भोइस अफ नेपाल सिजन ३' (The voice of nepal season 3) बाट चर्चा कमाउन सफल गायक  सुनिल थापा मगरको आवाजमा रहेको उक्त गीतको रचना तथा सङ्गीत प्रमोद परियारले दिनुका साथै एरेन्ज समेत गर्नुभएको छ ।

जेपी इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोको छायाङ्कन तथा निर्देशन रुपेश थापाले गर्नुभएको छ ।  यस गीतमा जेपी साह र पूजा ठाकुरले अभिनय गर्नुभएको छ।  उक्त म्युजिक भिडियोको सम्पादन प्रवीण भट्टले गर्नुभएको छ ।

पोखरा आफैमा सुन्दर छ तर यो सुन्दर ठाउँलाई अझै सुन्दर देखाउने काम छायाकार थापाले गर्नु भएको छ । 

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  १ : २५ बजे