‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

खलिस्तानी नेता अमृतपाल सिंह भारत मै पक्राउ

नयाँ दिल्ली । खालिस्तानी नेता अमृतपाल सिंहलाई पञ्जाव प्रहरीले पक्राउ गरेको छ । 

मोगा पुलिसले रोडेवाल गुरुद्धारबाट अमृतपाललाई  गिरफ्तार गरेको हो । पञ्जाब प्रहरीले ट्विट गरेर यसको जानकारी दिएको हो ।

सुरुमा प्रहरीले अमृतपाल सिंहले मोगा पुलिससँग आत्मसर्मपण गरेको जनाए पनि पछि भने गिरफ्तार गरिएको जनाएको थियो । पक्राउ परेका उनलाई अमृतसर हुँदै असमको डिब्रुगढ जेलमा पठाइएको छ ।

अमृत पाल सिंह पञ्जाबको मोगाबाट गिरफ्तारमा परेका छन्, यसका साथै पञ्जाव पुलिस यो अपिल गर्दछ कि कुनै पनि तरिकाको अफवाह नफैलाइयोस्’ पञ्जाब प्रहरीले भनेको छ ।

भारतीय सुरक्षा अधिकारीले नेपालमा लुकेर बसेको जनाउँदै सीमा क्षेत्रमा खानतलासी बढाए पनि उनी भने अन्ततः पञ्जाबमा नै पक्राउ परेका हुन । 

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ९ : ४७ बजे