‘नेशनल डे कन्सर्ट’ सम्पन्न

गुरु अस्त भएका बेला पशुपतिमा महायज्ञ : शास्त्रले निषेध गरेको समयमा यज्ञ गरेकाे भन्दै चौतर्फी विरोध

काठमाडौँ।  वृहस्पति अस्त भएका बेला स्वआत्मनिर्भर नेपालको निर्माण, आर्थिक उन्नति एवम् औद्योगिक क्रान्तिका लागि भन्दै श्री अयुतचण्डी महायज्ञ र श्री गणपति महायज्ञ आयोजना गरिएकामा विद्वानले विरोध जनाएका छन् ।

शास्त्रीय आधारमा वृहस्पति (गुरु) अस्त भएका बेला यस्तो यज्ञ गर्न नसकिने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसमेतले विज्ञप्ति जारी गरेर विरोध जनाएको छ । समितिलगायत दर्जनौँ सङ्घ संस्थाले पनि विरोध गरेका छन् । शास्त्रले निषेध गरेको समयमा महायज्ञ आयोजना गरिएको भन्दै सामाजिक सञ्जालमा पनि व्यापक विरोध भएको छ ।

गुरु अस्तका बेला यस्तो महायज्ञ गर्दा विपरीत फल हुने ज्योतिष एवम् वास्तुविद्काे भनाइ छ । देशका लागि भनी गरिएको यो यज्ञका लागि राज्य एवम् सरकारका प्रतिनिधिसँग कुनै परामर्श नभएको जनाइएको छ । महायज्ञ पशुपति क्षेत्रमा आयोजना गरिएको भए पनि यस विषयमा पशुपति क्षेत्र विकास कोषसँग पनि आयोजकले भने परामर्श भने गरेका छैनन् ।

कोषका सूचना अधिकारी गौरीशङ्कर पराजुलीले तोकिएको भाडा लिएर हंसमण्डप क्षेत्र आयोजक समितिलाई उपलब्ध गराएको बताउनुभयाे ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ७ : ०६ बजे