काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्ध नेपाललाई सातौं सफलता मिलेको छ ।
टियु मैदानमा जारी खेलमा नेपालले दिएको ३११ रनको लक्ष्य पछ्याएको ओमानले सातौं विकेटका रुपमा मोहम्मद नदीमलाई गुमाएको हो । उनले ८४ बलमा ६५ रन जोड्दै पेभिलियन फर्किए ।
नेपालका करण केसीले उनलाई आउट पारे ।
यो समाचार तयार पार्दासम्म ओमान ४२.३ ओभरमा ७ विकेटको क्षतिमा २०४ रनको स्थितीमा छ ।
प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार ४ : ११ बजे
प्रतिक्रिया