झापा । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका(५ बस्ने ४१ वर्षीय उद्धव तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ललाई फकाई आफ्नै घरमा लगि ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार १ : ४४ बजे
प्रतिक्रिया