सामाजिक संजालको दुरूपयोग गरी युवतीको चरित्रहत्या गर्ने पक्राउ

काठमाडौं ।     सामाजिक संजालको दुरूपयोग गरी युवतीलाई दुःख हैरानी दिई चरित्रहत्या गरेको अभियोगमा रोल्पा सुनिल स्मृति गाउँपालिका९५ घर भएका २२ वर्षीय ओम प्रकाश महरालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  

पीडित युवतीको हराएको मोबाइलबाट विभिन्न सामाजिक संजालमा भएका तस्विरहरूमा अश्लील शब्दहरू राखी अपलोड गर्नुका साथै प्रोफाइलबाट आफन्तलाई समेत अपरिचित महिला९पुरुषको यौनजन्य भिडियो पठाई चरित्रहत्या गरेको भन्ने उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनको संलग्नता रहेको खुल्न आएपछि उनलाई रोल्पाबाट पक्राउ गरेको हो ।  

उनी उपर विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 
 

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  १ : ४१ बजे