दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भीम सार्कीले ओमानविरुद्ध चौका प्रहार गर्दा ब्याट नै भाँचिएपछि…

काठमाडौं । नेपालका युवा ब्याटर भीम सार्कीले ओमानविरुद्ध चौका प्रहार गर्नेक्रममा ब्याट नै भाँचिएको छ।

ओमानका तीव्र गतिका बायाँ हाते बलर बिलाल खानको नवौं ओभरको चौथो बलमा फाइन लेगमा चौका प्रहार गर्नेक्रममा भीमको ब्याट भाँचिएको हो।

नेपालको लागि पहिलो बाउन्ड्रि पनि भीमले सातौं ओभरमा कटाएका थिए। नेपालका निक्कै आशालाग्दा खेलाडी भीम सार्की ३३ रन बनाएर आउट भएका छन् । उनलाई ओमानको खालाडीले भर्खरै आउट गरेका हुन् ।

यसअघी पहिलो रन जोड्न निक्कै संघर्ष गरिरहेको नेपाले २८ बल खेल्दा पहिलो रन जोडेको थियो । नेपालका लागि तेस्रो नम्बरमा क्रिजमा उत्रिएका भीम सार्कीले नेपालका लागि पहिलो रन जोडेका थिए। खाता नखोली दुवै ओपनर गुमाएको नेपालका लागि भीमले ४.४ ओभरमा पहिलो रन जोडे ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४ ओभरको समाप्तीमा पनि कुनै रन जोड्न सकेको थिएन्। एक रन पनि नजोडी दुवै ओपनर गुमाएको नेपालका ओपनर कुशल भुर्तेल २.२ ओभरमा डक आउछ भए । उनी बिलाल खानको बलमा एलबीडब्लू आउट भए ।

यस्तै, आसिफ ३.४ ओभरमा कलिम उल्लाको बलमा बोल्ड भएका थिए । ताजा अवस्थामा नेपाल २१ओभरको खेल सकिँदासम्म चार विकेट गुमाएर ७७ रन बनाएर खेलिरहेको छ । कप्तान रोहित कुमार पौडेल २३ रन बनाएर आउट भए भने क्रिजमा रहेका आरिफ शेख १७ र कुशल मल्ल ४ रन बनाएर खेलिरहेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  १२ : २५ बजे