काठमाडौँ । एसिसी प्रिमियर क्रिकेट कपमा नेपालले चौथो विकेट गुमाएको छ।
ओमानविरुद्ध खराब सुरुवात गरेको नेपालका लागि भीम सार्की ३३ रन बनाएर पेबेलियन फर्किएका छन्।
५६ बल खेलेका सार्कीले ४ चौका र १ छक्काको मद्दतमा ३३ रन मात्रै बनाएका हुन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा गएको नेपालले ओपनर द्वय कुशल भुर्तेल र आसिफ शेखलाई शून्यमा तथा कप्तान रोहित कुमार पौडेल २३ रनमा आउट भएका थिए ।
प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार ११ : ४० बजे
प्रतिक्रिया