दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एसीसी प्रिमियर कप: नेपाल टस हारेर ब्याटिङ गर्दै

​​​​​​​काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा नेपालले टस हारेको छ । ओमानविरुद्धको जारी खेलमा नेपालले टस हारेर ब्याटिङ गर्ने भएको छ । 

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो ।

दुवै टोली प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा मलेसियालाई हराएको थियो भने ओमानले कतारलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ९ : ३३ बजे