साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आजदेखि ट्विटरको भेरिफाइड एकाउन्टबाट ब्लु टिक हट्यो, अब निश्चित शुल्क तिर्नुपर्ने

काठमाडौँ  । बिहीबार मध्य रातिदेखि लागु हुने गरी ट्विटरले अनपेड एकाउन्टको ब्लु टिक हटाएको छ ।

कम्पनीका मालिक एलन मस्कले गत साता गरेको घोषणा अनुसार ट्विटर प्रयोगकर्ताले यसअघि पाउँदै आएको ब्लु टिक बिहीबार मध्य रातीबाट हटेको छ । जसका कारण हजारौँ नेपाली प्रयोगकर्ताको पनि ट्विटर एकाउन्टबाट ब्लु टिक हटेको छ ।

मस्कले गत अप्रिल १२ मा गरेको घोषणा अनुसार २० अप्रिलपछि पैसा नतिर्ने एकाउन्टको ब्लु टिक हट्ने जनाउनुभएको थियो, उहाँले ब्लु टिक लिने भए निश्चित रकम तिर्नुपर्ने जनाउँदै आउनुभएको छ  । उहाँले ब्लु टिक चाहिएमा मासिक शुल्क तिर्नु पर्ने यसअघि नै बताउनुभएको थियो ।

ट्विटरले राजनीतिक नेता, अभिनेता, पत्रकार लगायतका क्षेत्रमा कार्यरत व्यक्तिहरूको एकाउन्टलाई ब्लु टिक प्रदान गरेको थियो । त्यसका लागि कुनै पनि शुल्क लिने गरिएको थिएन । तर, मस्कले ट्विटर किनेपछि कम्पनीले विभिन्न ठुला परिवर्तन गर्ने क्रम भेरिफाइड एकाउन्टबाट ब्लु टिक हटाई दिएर शुल्क तिर्न दबाब बढाएको हो ।

नेपालमा पनि निःशुल्क रूपमा ब्लु टिक पाउने हजारौँ थिए, तर बिहीबार रातीबाट पनि सबै जसोको हटेको छ । 

नेपालमा ब्लु टिक लिनका लागि अब वार्षिक ८४ डलर तिर्नु पर्नेछ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ७ : ५२ बजे