धरहराबाट उपत्यका नियाल्ने रहर

मार्फामा बढ्दै पर्यटक

नक्कली विवरण बनाएर नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ

बारा । नक्कली विवरण बनाएर नागरिकताका लागि सिफारिस गर्ने वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् ।

मावली हजुरबुवाबाट वंशजको आधारमा नागरिकता दिलाउनका लागि सिफारिस गरेको आरोपमा कलैया उपमहानगरपालिका– १० का वडाध्यक्ष महम्मद साबिरसहित तनि जनालाई पक्राउ गरिएको हो ।  

वडा अध्यक्ष साबिरसहित नागरिकता लिइसकेका नक्कली बाबु छोरा गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । 

उहाँका अनुसार कलैया उपमहानगरपालिका १० मटिअर्वा गाउँका नक्कली बाबु ७५ वर्षीय जोधन साह तुराहा र नक्कली छोरा बनेका २१ वर्षीय रमेश साह तुराहा पक्राउ परेका हुन् । रमेशले मावलीका हजुरबुबा जोधनलाई बाबु बनाएर ६ महिनाअघि वंशजको आधारमा नागरिकता लिएको खुलेपछि उनीहरू पक्राउ परेका हुन । 

गोप्य उजुरीको आधारमा उनीहरू पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले बताउनुभयो । उहाँका अनुसार नागरिकता लिन सिफारिस गरेका वडाध्यक्ष साबिरलाई बुधवार नियन्त्रण लिई अदालतबाट ५ दिनको म्याद थपेर हिरासतमा राखी अनुसन्धान सुरु भइसकेको छ ।

 

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ७ : २७ बजे