आज रातिबाट बारास्थित नेपाल–भारत सीमा बन्द

बारा । वैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजबाट नेपाल–भारत सीमा बन्द गरिने भएको छ । 

जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै आज राति १२ः०० बजेदेखि १० गते आइतबार राति १२ः०० बजेसम्म जिल्लाका नेपाल–भारत सीमाना बन्द रहने जनाएको हो । 

यसैगरी, मङ्गलवार राति १२ः०० बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरि सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो । 

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ७ : १४ बजे