चुनावी आमसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आज बारा जानुहुँदै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बारा जाँदै हुनुहुन्छ ।

बाराको पचरौतामा आयोजना हुने आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओलीले आज बारा जान लाग्नुभएको हो ।  

उपनिर्वाचनको प्रचार प्रसारको अन्तिम दिन आज आयोजना हुने आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली बारा आउन लाग्नुभएको एमाले पोलिटब्युरो सदस्य एवं बारा इन्चार्ज अच्युत मैनालीले जानकारी दिनुभयो । त्यसका लागि अध्यक्ष ओली दिउसो १२ः०० बजे सिमरा विमानस्थल पुग्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो । 

बारा २ बाट नेकपा एमालेका पुरुषोत्तम पौडेल उम्मेदवार हुनुहुन्छ । 

अध्यक्ष ओली केही दिन अघि नै तीन वटै निर्वाचन क्षेत्रमा आयोजना हुने आमसभालाई सम्बोधन गर्न जाने कार्यक्रम भए पनि स्वास्थ्यमा केही समस्या आएका कारण  जान सक्नुभएको थिएन । आज बारामा हुने कार्यक्रममा भने अध्यक्ष ओली त्यसतर्फ जान लाग्नुभएको हो ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ८ : ४२ बजे