दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बालबालिकालाई आज पनि भिटामिन ए र जुकाको औषधी खुवाइँदै

काठमाडौँ  । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइदैछ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ महिनादेखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ ।

यसैगरी, १२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि आज पनि नै खुवाइने मन्त्रालयले जनाएको छ । 

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । 

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ७ : ०५ बजे