महोत्तरी । महोत्तरीको बल्वा नगरपालिकामा कर्मचारीहरु आन्दोलित भएका छन्। बैठक बसिरहेको बेला नगरपालिकाका उपप्रमुख राम दुलारी देवीले प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार ठाकुरमाथि अभद्र व्यवहार गरेको भन्दै विराेधमा कर्मचारीहरु आन्दोलित भएका हुन् ।
४ वैसाखमा बसिरहेको बैठकमा केही मान्छेहरूसहित प्रवेश गरेकी उप्रमुख राम दुलारी देवीले आफ्नो जिम्मेवारीलाई हस्तक्षेप गरेको बताउँदै बोत्तल प्रहार गरेको कर्मचारीहरूकाे भनाइ छ ।
व्यक्तिगत स्वार्थलाई विषयवस्तु बनाई उपप्रमुखले गालीगलौज र अभद्र व्यवहार गरेकाे आरोप लगाउँदै कर्मचारीहरुले घटनामा सग्लन व्यक्तिहरु र उप्रमुखलाई कानुन वम्मोजिम कारबाही गर्न माग गरेका छन् ।
उपप्रमुख र सग्लन व्यक्तिहरुलाई कारबाही नभएसम्म वडासम्मका सम्पूर्ण काम ठप्प बनाउने पनि उनीहरूले घोषणा गरेका छन् ।
प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १२ : ३९ बजे
प्रतिक्रिया