सन्दीप लामिछानेको मुद्दाको पेसी न्यायाधीश नारायणप्रसाद दाहालको इजलासको एक नम्बरमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको रिटको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको एकल इजलासमा तोकिएको छ ।

इजलासको पहिलो नम्बरमै पेसी तोकिएको छ । नाबालिग बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध मुद्दा चलाइएको छ । 

गत २६ चैतमा न्यायाधीश शंकरराज बरालको इजलासले पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश भएको थियो। 

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  १२ : २९ बजे