दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा राष्ट्रपतिकाे स्वास्थ्य अवस्थाबारे जानकारी 

काठमाडौँ  । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई आज बिहान भेट गरी स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ । 

अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्य लाभको कामना  समेत गर्नुभएको छ । 

सो अवसरमा अध्यक्ष तिमिल्सिनालाई राष्ट्रपतिको उपचारमा संलग्न चिकित्सकहरूले स्वास्थ्य अवस्थाबारे आत्तिइहाल्नुपर्ने नदेखिएको र उहाँलाई थप परीक्षण र उपचारका लागि भारत लैजानुपर्ने जानकारी गराउनुभएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ।

छातीमा सङ्क्रमण बढेपछि राष्ट्रपति पौडेल मङ्गलवार साँझ शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना हुनुभएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ८ : ४८ बजे