काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्तारुढ गठबन्धनका नेता आज तनहुँ जाँदै छन् ।
तनहुँ– १ मा नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जान लागेका हुन ।
आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेताहरू आज तनहुँ आउन लागेको नेपाली काँग्रेस तनहुँका सभापति जितप्रकाश आलेले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्री समेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रे बजारमा आज दिउँसो २ः०० बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार ७ : ४५ बजे
प्रतिक्रिया