कर्णाली सरकारमा काँग्रेसको प्रवेश, आज तीन मन्त्रीले शपथ लिँदै

सुर्खेत । नेपाली काँग्रेस औपचारिक रूपमा पहिलो पटक कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । 

केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण कर्णाली सरकारबाट नेकपा एमाले बाहिरिएपछि काँग्रेसले सहभागिता जनाउन लागेको हो । 

जसअनुसार कर्णाली सरकारमा सहभागिता जनाउँदै नेपाली काँग्रेसबाट सिफारिस भएका तीन जना मन्त्रीले आज शपथ लिँदै हुनुहुन्छ । कर्णाली सरकारमा सहभागिता जनाउन लागेको काँग्रेसले मङ्गलवार तीन जनाको नाम मन्त्रीमा सिफारिस गरेको थियो । 

काँग्रेसको सिफारिसमा अनुसार कर्णाली सरकारमा कृष्ण कुमार बिसी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, खड्ग बहादुर पोखरेल सामाजिक विकास मन्त्रालय र बेदराज सिंह आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । 

सो नयाँ जिम्मेवारीका लागि आज तीनै जना मन्त्रीलाई मुख्यमन्त्री राजकुमार शर्माले शपथ ग्रहण गराउँदै हुनुहुन्छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ७ : ३१ बजे