डढेलोको कारण आज देशका अधिकांश भागमा तुवाँलो देखिने

काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र कोसी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।  

सुदूरपश्चिम र लुम्बिनी प्रदेशहरूका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । साथै उपत्यकालगायत देशका केही भू–भागहरूमा तुवाँलोको सम्भावना रहेको छ ।

राती भने देशका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बागमती र कोसी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी पहाडी भू–भागका एक वा दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

साथै नेपालमा वर्षाका गतिविधि कम भएसँगै डढेलोका घटनाहरू बढेको कारणले उपत्यका लगायत देशका धेरै भू–भागहरूमा तुवाँलोको सम्भावना रहेको छ र यसबाट वायु प्रदूषणमा वृद्धि भइरहेको देखिन्छ। त्यसैले मेघ गर्जन, चट्याङ्ग, हावाहुरी, डढेलो र प्रदूषणबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ७ : २३ बजे