दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु,१७१ जनामा संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाभाइर संक्रमणबाट दुईजनाको मृत्यु भएको जनाएको छ । 

मंगलबार अपरान्ह मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुईजना संक्रमितको मृत्यु भएको हो साथै पछिल्लो २४ घण्टामा दुई हजार २९२ वटा नमुना परीक्षण गर्दा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ । पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ । 

मंगलबार दिउँसो २ बजेसम्म काठमाडौं उपत्यकामा २२ जना संक्रमितको संस्थागत आइसोलेसनमा रहेर उपचार गरिरहेका छन् भने ८ जना आईसीयू र ४ जना भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले सार्वजनिक विवरणमा उल्लेख छ । 
 

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ५ : ३३ बजे