साफ यू–१७ च्याम्पियनसिप आजदेखि

पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल बिजयी

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा  विपुल पोखरेल तीन हजार मतान्तरले  निर्वाचित भएका छन् ।

पोखरेलले ६ हजार ९४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्माले ३ हजार ९१५ मत प्राप्त गरेकी छिन् । अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र बुढाथोकीले ६९१ मत प्राप्त गरे ।

महासंघको बरिष्ठ उपाध्यक्षमा रमेश बिष्ट, समावेशी उपाध्यक्षमा उदय जिएम र महिला उपाध्यक्षमा बाला अधिकारी निर्वाचित भएका छन् भने  महासचिवमा रोशन पुरी निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ५ : ४३ बजे