राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

​​​​​​​काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिइएको छ । 

मंगलबार दिउँसो २ः३१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर अनिश्चितकालका लागि स्थगित गरिएको हो । 

मंगलबार दिउँसो बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणले स्थगित गरिएको र अर्काे बैठक अर्काे सूचना जारी गरेर दिन र समय तोकिने संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए । 

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ११ : ५५ बजे