‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

अमेरिकामा ‘चिनियाँ प्रहरी चौकी’ चलाउने दुई जना पक्राउ

काठमाडौँ – अमेरिकाको म्यानहट्टनमा नक्कली चिनियाँ प्रहरी चौकी सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । यो गिरफ्तारी म्यानहट्टनको चाइना टाउन क्षेत्रमा भएको हो । पक्राउ परेका व्यक्ति चिनियाँ मूलका नागरिक हुन् र उनीहरू न्यूयोर्क सहरमा बस्छन् ।

दुवैलाई चिनियाँ एजेन्टको रूपमा षड्यन्त्र र न्यायमा अवरोध गरेको आरोप लगाइएको छ । उनलाई सोमबार ब्रुकलिनको सङ्घीय अदालतमा पेस गरिएको थियो ।

चीनले यस्ता प्रहरी चौकीहरू सञ्चालनमा आफ्नो हात नभएको पटक पटक भनिसकेको छ । उनीहरुले यसलाई विदेशमा बसिरहेका चिनियाँ नागरिकलाई सेवा दिने ‘सर्भिस सेन्टर’ बताएको छ । 

सोमबारको युएस डिपार्टमेन्ट अफ जस्टिसले ६१ वर्षका लु जियानवांग र ५९ वर्षका चेन जिनपिङले चीनको पब्लिक सिक्योरिटी मन्त्रालयको तर्फबाट म्यानहट्टनमा पहिलो विदेशी पुलिस थाना खोल्ने कोसिस गरेका थिए ।

-एजेन्सी  

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  १० : ०७ बजे