अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे र सभापति देउवा बालकोटमा

​​​​​​​​​​​​​​काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बालकोट पुग्नुभएको छ ।

भाइरल ज्वरोका कारण बिरामी भएर आराम गरिरहनुभएका अध्यक्ष ओलीलाई भेट्न उहाँहरू बालकोटस्थित ओली निवास जानुभएको हो।

भेटका अवसरमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच संवैधानिक परिषद् सम्बन्धी विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा समेत छलफल हुने बताइएको छ । 

छलफलका लागि तीन प्रमुख दलका सचेतकहरू पनि बालकोटमा  जानुभएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  १० : ३१ बजे