‘एउटै नाउरको सिकार गर्न २३ लाख’

गायिका कमला गौतमद्वारा रचित ‘औधि माया’ नामक म्युजिक भिडिओ सार्वजनिक

काठमाडौं । नयाँ वर्ष २०८० को पुर्वसन्ध्या पारी गायिका तथा गीताकार कमला गौतम ‘मुस्कान’ले आफू द्वारा रचित 'औधि माया' नामक गीतको म्युजिक भिडिओ चैत्र तीस गते सार्वजनिक गर्नुभएको छ ।

गीतमा स्वर तुलसी पराजुली र कमला गौतम मुस्कानको रहेको छ भने सङ्गीत गायक पराजुलीको रहेको छ । भिडियो डिरेक्सन दिनेश मुस्कानले गरेका छन् भने मोडलिङको पाटोमा दिनेश मुस्कान र सुनिता रसाइली देखिएका छन् ।

उक्त गीत दिनेश मुस्कान अफिसियल च्यानल बाट सार्वजनिक भएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ६ : ४८ बजे