दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपालमा थप ९९ जनामा कोरोना संक्रमण,४ जना भेन्टिलेटरमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । 

मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार एक हजार ६०४ नमुना परीक्षण गर्दा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

३३६ पीसीआर परीक्षण गर्दा ५० जनामा र एक हजार २४० एन्टिजेन परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३७७ रहेको छ ।  

आइतबार दिउँसो २ बजेको विवरणअनुसार काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा ३७ जना, आईसीयूमा ११ जना र चारजना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

साथै पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमणमुक्त भएका छन् । 
 

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ४ : ३४ बजे