यस्तो छ आजको विनिमय दर

पत्रकारको भीडबाट गोली हानी भारतीय पूर्वसांसद अतिक अहमद र उनका दाजुकाे हत्या ,तीन आरोपीले गरे आत्मसमर्पण

​​​​​​​काठमाडौं । भारत उत्तर प्रदेशका पूर्व सांसद अतिक अहमद र उनका दाजु अशरफको गोली हानी हत्या भएको छ ।

पूर्व विधायक राजु पालको हत्या आरोपमा प्रहरी नियन्त्रणमा रहेका अतिक र अशरफ प्रयागराजस्थित एक अस्पतालमा स्वास्थ्य जाँच गरी फर्किने क्रममा पत्रकारलाई प्रतिक्रिया दिइरहेको बेला गोली प्रहार भएको थियो । उनीहरुलाई गोली लागेको दृष्य पनि टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको थियो । भिडियो फुटेजमा एक व्यक्तिले उनीहरुलाई नजिकैबाट टाउकोमा गोली हानेको देखिन्छ । अतिक अहमद र उनका भाइ अशरफलाई १० भन्दा बढी गोली लागेको स्थानीय मिडियाले उल्लेख गरेका छन् । 

अतिकका वकिल विजय मिश्राले पत्रकारहरुको भिड भित्रबाट अज्ञात व्यक्तिले निकै नजिकबाट गोली हानेको बताएका छन् ।  गोली हानेकाहरुले घटनास्थलमै आत्मसमर्पण गरेका थिए । आक्रमणकारी सञ्चारकर्मीको रुपमा प्रस्तुत भएका थिए । उनीहरुको नाम लवलेश तिवारी, सन्नी र अरुण मौर्य हुन् । आक्रमणपछि तीनै जनाले आत्मसमर्पण गरेका थिए । लवलेश बांदा, अरुण हमीरपुर र सन्नी कासगञ्जका बासिन्दा हुन्। तीनै जनालाई प्रहरी हिरासतमा राखेर सोधपुछ भइरहेको छ ।

 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनालाई निकै गम्भीर भन्दै तीन सदस्यीय उच्चस्तरीय अनुसन्धान आयोग गठन गरेका छन् । मुख्यमन्त्री आदित्यनाथले अधिकारीहरुलाई सुरक्षामा चनाखो रहन र शान्ति सुव्यवस्था खलबलिने गतिविधि नियन्त्रण गर्न निर्देशनसमेत दिएका छन् ।

सन् २००५ को जनवरीमा पूर्व विधायक राजु पालको हत्याका प्रत्यक्षदर्शी उमेश पाललाई अपहरण गरेर वयान नदिने कागज गराएर छाडेको आरोप अतिक अहमदमाथि लागेको थियो । तर सन् २००७ मा उमेशले प्रयागराजको धुमनगञ्ज प्रहरीमा आफूलाई अपहरण र यातना दिएको भन्दै अतिकविरुद्ध उजुरी दिए ।

यो मुद्दामा सन् २०२३ को फेब्रअुरी २४ मा बयान दिएर फर्किइरहेको बेला उमेशको गोली हानेर हत्या भएको थियो । उमेशको हत्यामा अतिकका छोरा असद अहमद संलग्न भएको बताइएको छ । असद अहमद र उनका साथी मोहम्मद गुलाम सन् २०२३ को अपि्रल १४ मा प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

 

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ९ : ४७ बजे