‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

भारतमा पछिल्लो २४ घन्टामा १० हजार जना कोरोना संक्रमित

भारत । भारतमा बितेका २४ घन्टामा देशभर १० हजार सात सय ५३ जना कोरोनाका बिरामी थपिएका छन्।

शुक्रबार ११ हजार एक सय नौ जना बिरामी भेटिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज जनाएको छ।

गत बिहीबार १० हजार एक सय ५८ जनामा कोभिड–१९ भेटिएको थियो। अहिले भारतभर ५३ हजार सात सय २० जना सक्रिय सङ्क्रमित छन्।

बितेका २४ घन्टामा छ हजार छ सय २८ जना स्वास्थ्य लाभ गरी घर फर्केका छन्।

हालसम्म चार करोड ४२ लाख २३ हजार दुई सय ११ जना कोरोनामुक्त भएका छन्।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ३ : ३८ बजे