‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रकाश सपुतको ‘सकम्बरी’ सार्वजनिक,युट्युब ट्रेन्डिङको एक नम्बरमा

काठमाडौं । गायक प्रकाश सपुतले नयाँ कोसेली ‘सकम्बरी’ सार्जननिक गरेका छन् ।

सपुतको आफ्नै शब्द, लय र स्वर रहेको गीत बिहीबार सार्वजनिक भएको हो । फरक विषयवस्तु र स्वादका गीत पस्किँदै आएका सपुतसँगै बर्ता गन्धर्वको पनि स्वर छ ।

सुदीप सागरले संगीत संयोजन गरेको गीतमा कलाकार बन्ने सपना देखेर सहर पसेकी कमजोर आय भएको परिवारमा जन्मिएकी युवती त्यसलाई पछ्याएर अघि बढ्ने क्रममा फसेको दलदललाई  वर्णन गरिएको छ ।

गीतको म्युजिक भिडियोमा कलाकारहरू सुनिल थापा, कुशुम शर्मा, निक्स शर्मा, सरिता राजोपाध्याय, संजोग रसाइली, सरस्वती अधिकारी, सालिक भण्डारीलगायत छन् । अभिनयसँगै भिडियोको निर्देशन पनि सपुतले गरेका छन् ।

गीत २३ घण्टामा ८ लाख १२ हजार भ्युज पाएको गीत ट्रेन्डिङको पहिलो नम्बरमा छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ४ : ११ बजे