‘एउटै नाउरको सिकार गर्न २३ लाख’

जेठको पहिलो हप्ताबाट ‘सक्किगोनि’को सिजन–३ प्रशारण हुँदै

काठमाडौं । हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ पुनः प्रशारणमा आउने भएको छ । लेखक तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले कलाकार र कथावस्तुमा हेरफेर गर्दै नयाँ सिजन ल्याउने तयारी भइरहेको जानकारी दिनुभयाे ।

तेस्रो सिजनमा कलाकार हेरफेर हुने भएको छ । विषयवस्तु, प्रोडक्सन र भेषभूषालाई अझै गुणस्तरीय देखाउन प्रयास हुने जानकारी पाँडेले दिनुभयाे । 

जेठको पहिलो हप्ताबाट सक्किगोनि सुरु हुनेछ । “जेठको पहिलो हप्ताबाट प्रशारण गर्ने हाम्रो तयारी छ,” अर्जुन घिमिरे भन्नुहुन्छ, “अबको केही दिनबाटै हामी काम सुरु गर्दैछौँ । स्क्रिप्ट लेख्न सुरु भइसकेको छैन । तर, टिमका  केही थपघट भने हुनेछ ।” ‘सक्किगोनि’ हिमालयन टेलिभिजनबाट प्रशारण हुनेछ । 

यो सोसल कमेडी टिभी सिरिजको छायांकन चाँडै सुरु हुनेछ । पाँडेले कुमार कट्टेल ‘जिग्री ब्रो’सँग मिलेर सिरिज निर्देशन गर्ने हुनुभएकाे छ । यो सिरियल हिमालय टिभी एचडीबाट प्रसारण हुँदैछ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  १ : ३७ बजे