नयाँ वर्ष २०८० को रौनक (तस्बिरहरू)

काठमाडौं । आज विक्रम संवत् २०८० साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । नेपालीहरूले नयाँ वर्षका अवसरमा विभिन्न कार्यक्रम गरिरहेका छन् ।

नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । जस कारण नयाँ वर्षको दिन साथीभाइ तथा परिवारका सदस्यहरू भेला भएर घुम्न जाने, रमाइलो गर्ने गर्छन्  । यस दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि छ ।

नयाँ वर्ष २०८० को उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले शुभकामना सन्देश दिनुभएको छ। 

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ८ : ३८ बजे