दाहाल नेतृत्वको सरकारमा काँग्रेसका शेखर समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री

काठमाडौँ  । पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको वर्तमान सरकारमा काँग्रेसका शेखर कोइराला समूहले समेत तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । 

आज बिहान बसेको शेखर समूहको बैठकमा नेता कोइरालाले आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराउनुभएको हो ।  सोही क्रममा उहाँले उपनिर्वाचनपछि मात्रै सरकारमा सहभागी हुने बताउनुभयो । 

काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र शेखर समूहमा मन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ । 

गत ११ पुसमा प्रधानमन्त्री बनेको दाहालले हालसम्म सरकारलाई पूर्णता दिन नसक्दा आलोचित हुँदै आउनुभएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ११ : २२ बजे