ट्रान्जिट हुन नसकेपछि इथियोपियन एयरको जहाज दिल्ली डाइभर्ट

काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुनुपर्ने इथियोपियन एयरको ‘ईटी८८०६’ को जहाज डाइभर्ट गरिएको छ । आज बिहान चार्टर्ड उडानमार्फत आएको जहाज भारतको राजधानी नयाँ दिल्लीतर्फ ड्राइभर्ट गरिएको हो । 

उक्त जहाजलाई बिहान साँढे ७ बजेका लागि अवतरणको अनुमति दिइएको थियो । तर, समय तालिकाअनुरुप दुई घण्टासम्म पनि ट्रान्जिट हुन नसकेपछि जहाजलाई दिल्ली पठाईएको हो । 

नयाँ तालिका बनाएर १२ बजेर १० मीनेटमा जहाज अवतरण गरिएको छ । उक्त जहाज आजै दिल्ली हुँदै इथियोपिया फर्किने तालिका रहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ३ : ५५ बजे