चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी

काठमाडौं । चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी भएको छ । बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको हो  । 

अहिले  दमकलको साहायताले आगो निभाउने प्रयास भइरहेको छ । चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले  भरतपुर महानगरको  दमकल  र प्रहरीको दमकलले प्रयास गरिरहेको जानकारी दिनुभयो  । फुसको छाना भएकाले  आगो धेरै फैलिएको  छ प्रत्यक्षीदर्शीले बताएका छन् ।  आगलागीको कारण  अहिलसम्म खुल्न सकेको  छैन।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  १ : ४२ बजे