आजको मौसम: यी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज तीन वटा प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ । 

विभागका अनुसार कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। 

देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

बुधवार राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ६ : ५२ बजे