‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

फिजीको मुख्य टापुमा पानीको सङ्कट

सुभा – फिजीवासीहरूले प्राय: वर्षाको मौसममा शुष्कताका कारण भिटी लेभुको मुख्य टापुमा पानीको सङ्कटको सामना गर्ने गर्दछन् ।

लमी-सुवा किनारमा बसोबास गर्ने स्थानीयहरूलाई पानीको प्रयोगमा कडाइ गरिएको सूचना जारी गरिएको छ । पानीको अत्यावश्क   प्रयोग बाहेक कारहरू धुन र अन्य विलासिताका सामानका सरसफाइमा  पानीको प्रयोगमा मितव्ययी हुन आग्रह गरिएको छ ।

पानी विभागका  प्रमुख कार्यकारी अमित चाननले मङ्गलबार पूर्वाधार समस्याका कारण दैनिक ३० लाख लिटर पानीको माग र आपूर्ति बीचको  तालमेल पूरा गर्न नसकिएको बताएका छन् । 

गत फागुन १ गतेदेखिको मौसमी अवस्थाले अवस्था निकै बिग्रिएको भन्दै उनले अहिले सुख्खा मौसमका कारण ७० लाख लिटर पानीको अन्तर रहेको र नदीको बहाव घट्ने हो भने  पानीको आपूर्ति अझै घट्ने बताएका छन् । त्यो खाडल अझ ठूलो हुनेछ । प्रक्षेपण न्यून बहाव जारी रहेमा अन्तर थपिने र आपूर्ति प्रणाली सञ्चालन गर्न समेत कठिन हुने उनले चेतावनी दिएका छन् ।

रासस-सिन्ह्वा

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ९ : १२ बजे